रिक्त स्वास्थ्य प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि कार्यविधि तयार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रतिष्ठानमा रिक्त रहेको उपकुलपतिको नियुक्तीका लागि कार्यविधि तयार गरेको छ।

स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तिमा ११औं तह वा सो सरह काम गरेको व्यक्तिले उपकुलपतिको लागि आवेदन दिनसक्ने कार्यविधिमा उल्लेख गरिएको छ।

फागुन २४ मा मन्त्रालयले उपकुलपतिका पदका लागि आवेदन माग गरेको थियो।

मन्त्रालयले सात दिन भित्र आवेदन दिन आव्हान गरेको छ।

हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवहाक उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा. डा. राजेशनाथ गंगोलले पाएका छन्।

त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिको वदको जिम्मेवारीमा डा. नरेन्द्रविक्रम गुरूङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिमा डा. मंगल रावललाई जिम्मेवारी दिइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय