हुम्लाबासीको पीडा : उपचार भन्दा काठमाडौं आउन महंगो

हुम्लाकी लालपरी सुनार ६ वर्ष पहिले माटोको ढिस्कोमा पुरिइन्।

घर पोत्नका लागि माटो झिक्न गएकी ढिस्कोमा पुरिइन्। मान्छेले समयमै निकालेकाले उनको ज्यान त जोगियो। तर, शरीरमा गम्भीर चोट लाग्यो।

गाउँमा सामान्य उपचारपछि उनी विस्तारै सहज दैनिकीमा फर्किइन्। तर, स्वास्थ्यमा समस्या बल्झिँदै गयो।

गत वर्ष उनी उपचारका लागि नर्भिक अन्तराष्ट्रिय अस्पताल थापाथली आइन्।

उनी कार्यपालीकाकी दलित महिला सदस्य पनि हुन्। सामान्य उपचारपछि घर फर्किइन्।

समस्या झनै बिकराल बन्दै गएपछि उनी फेरी काठमाडौं आएकी छन्।

बीरमा देखाएकी उनलाई अस्पतालले नसा च्यापिएको र थप उपचारका लागि भन्दै राष्ट्रिय ट्रमा सेन्टरमा पठाइँदियो। अहिले उनी ट्रमामै उपचार गरिरहेकी छिन्।

उनी पालिकाकी दलित महिला सदस्य पनि हुन्। उनको उपचारका लागि तीन नम्बर वडाका अध्यक्ष दत्त विष्ट पनिसँगै काठमाडौं आएका छन्।

उनी हुम्लामा सामान्य समस्याको पनि राम्रो उपचार हुन नसक्ने भएपछि आफूहरू काठमाडौं आउन बाध्य बनेको बताए।

‘हामीलाई त उपचारभन्दा काठमाडौं आउनै महंगो पर्छ। बसमा आउँदा मात्रै गाडिभाडा एकजनाको १० हजार लाग्छ। तीनजना मात्रै आउने जाने हो भने ६० हजार यातायात खर्च हुन्छ। अन्य उपचारको त कुरै नगरौं’, उनी भन्छन्।

उनले बस्न-खान गरेर सामान्य रोगको उपचार गर्न आउँदा यातायात र बस्नखान मात्रै एक लाख भन्दा बढी खर्च हुनेगरेको गुनासो गरे।

सरकारले समयमै पालिका स्तरमा बनाउने भनेको १५ शय्याको अस्पताल बनाए थारै भए पनि आफूहरूलाई राहत पुग्ने उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय