यि हुन् जेष्ठ नागरिकको नि:शुल्क उपचार हुने अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (जेरियाट्रीक) जेष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि निर्देशिका जारी गरेको छ।

मन्त्रालयले जेष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा छुट तथा प्राथमिकताका लागि निर्देशिका जारी गरिएको हो।

सो सेवा २४ वटा अस्पतालबाट सुरू गरिनेछ। सो कार्यक्रमलाई क्रमश ५० बेडभन्दा माथि रहेका अस्पतालमा लागू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको अनुदान र अस्पतालको आन्तरिक स्रोतबाट निश्चित रकम जेष्ठ नागरिरको स्वास्थ्य सेवामा छुटाएर निशुल्क सेवा दिर्नुपर्ने निदेशिकामा उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार ६० वर्षभन्दा माथिका बिरामीको आकस्मिक, बहिरंग र अन्तर्गत सेवा निःशुल्क वा सहुलियत प्रदान गरिने छ ।

हाल जेष्ठ नागरिकको उपचार निःशुल्क भइरहेका अस्पतालहरू

प्रदेश १
१‌. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
२. कोशी अस्पताल, विराटनगर
३. मेची अस्पताल, भद्रपुर
४. उदयपुर अस्पताल, उदयपुर

प्रदेश २

५. नारायणी अस्पताल, वीरगञ्ज
६. जनकपुर अस्पताल, जनकपुर
७. गौर अस्पताल, रौतहट
८. गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी

बागमती प्रदेश

९. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल
१०.आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर
११. भरतपुर अस्पताल
१२. वीर अस्पताल
१३. हेटौडा अस्पताल
१४. राष्ट्रिय ट्रमा सेन्टर
१५. सहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

गण्डकी प्रदेश

१६. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१७. धौलागिरी अस्पताल

लुम्बिनी प्रदेश

१८. भेरी अस्पताल
१९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
२०. लुम्बिनी अस्पताल

कर्णाली प्रदेश

२१. प्रदेश अस्पताल
२२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

सुदुरपश्चिम प्रदेश

२३.सेती अस्पताल
२४. डडेल्धुरा अस्पताल

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय