संसार देखाउने आँखालाई सधै स्वस्थ राखौं!

आँखा हाम्रो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो। आँखाकै कारण हामीले संसार देखिरहेका हुन्छौं।

अहिले मौसम फेरिँदो छ। चिसोबाट बिस्तारै गर्मीतर्फ मौसम उन्मुख भइरहेको छ। चैत/बैशाख हावाहुरी चल्ने महिना हुन्।

यस्तो बेला हावासँगै मसिना धुलोका कण उडिरहेका हुन्छन्। हामीले मोटरसाइकल चलाउँदा आँखामा धुलोका कण पस्ने जोखिम अति नै हुन्छ। कतिपय अवस्थामा मसिना बालुवाका कण पनि हावामा मिसिएर उडिरहेका हुन्छन्।

आँखामा धुलो पस्यो भने एलर्जी हुने, आँखा पोल्ने, बिझाउँने, आँखाले हेर्न नसक्ने अवस्था आउने, आँखामा कचेरा देखिने, दृष्टि धमिलो हुने, आँखामा संक्रमण हुने जोखिम हुन्छन्।

हामीकहाँ अधिकांश व्यक्ति यस्तै समस्या ल्याएर आइरहेका हुन्छन्। तर, यस समस्याबाट हामी सामान्य सावधानी अपनाउनेहो जोगिन सक्छौं। हेल्मेटको सिसाले अनुहार छोपिनेगरी मोटरसाइकल चलायौं भने यो समस्याबाट जोगिन सक्छौं।

यदि आँखामा धुलो गइहाल्यो र पोल्न तथा बिझाउन थाल्यो भने सफा पानीले आँखा धुनुपर्छ। आँखा धुँदा पनि दुखाइ ठिक भएन भने तुरुन्त विषेशज्ञलाई देखाउनुपर्छ।

भोलीसम्म हेरौं ठिक भइहाल्छकी भन्ने गर्नु हुँदैन। किनकी त्यसले आँखाको नानीमा असर गरेको भए फुलो नै पर्नसक्छ।

अर्को कुरा मौसम फेरिने बेला आँखा पाक्ने समस्याले फ्लुकै रुप लिरहेको हुन्छ। यसबाट बालबालिका सबैभन्दा ग्रसित हुनेगर्छन्।

तर, यस पटक लामो समयसम्म लकडाउनका कारण विद्यार्थीहरू विद्यालय जानबाट बञ्चित भए। घरमा कोरोनाको डरले सबैले सरसफाइमा ध्यान दिए। र, यो समस्या देखिएको छैन।

बालबालिकाहरूले विद्यालयमा खेलिरहेका हुन्छन्। उनीहरूको हातमा धुलोधुँवा लगाएत विभिन्न फोहोर टासिएको हुन्छ। त्योसँगै विभिन्न व्याक्टेरिया पनि हुनसक्छन्। यस्तो अवस्थामा बालबालिकाले आँखासम्म हात लगे वा आँखा मिचे भने आँखामा संक्रमण हुनसक्छ।

त्यसैले हामीले बेला-बेला बालबालिकाको हात सफा साबुनपानीले धुने गर्नुपर्छ।

उनीहरू आँखा दुख्ने, रातो हुने, दृष्टि कमजोर हुने जस्ता समस्या र त्यसका लक्षणबारे केही भन्न सक्दैनन्। र, बुवा-आमाले ख्याल गरिराख्नुपर्छ।

बाल अवस्थामा लागेका आँखाका रोगहरू समयमै पत्ता लगाएर उपचार गर्न नसके आँखा अल्छि भएर जान्छ। अल्छि आँखाको उपचार ठूलो भएपछि गाह्रो हुन्छ।

र, कतिपय मानिसले आँखामा फोहोर पर्‍यो भन्दै फुकिरहेका हुन्छन्। त्यो पनि गलत हो। अहिले त कोरोनाको जोखिम छ। आँखा अगाडि त्यसरी फुक्दा बिभिन्न रोग सर्ने जोखिम हुन्छ।

त्यसैले आँखामा समस्या देखिँदा विशेषज्ञ चिकित्सकलाई समयमै देखाउनुपर्छ। जथाभावी औषाधीको प्रयोग गर्नु हुँदैन।

आँखाको कचेरालाई सफा र नरम लुगाले सफा गर्नुपर्छ। जसले गर्दा बाह्र किटाणुले आँखामा थप संक्रमण गर्न नसकुन्।

(नेत्र रोग विशेषज्ञ डा. बडु विराट मेडिकल तथा शिक्षण अस्पतालमा कार्यरत छन्।)

One thought on “संसार देखाउने आँखालाई सधै स्वस्थ राखौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय