विराट अस्पतालले गरिदियो आरतीदेवकाे साढे ४ लाख उपचार खर्च निःशुल्क

विराट मेडिकल तथा शिक्षण अस्पतालले नारी दिवसका अवसरमा निःशुल्क उपचार सेवा दिएको छ।

आर्थिक अवस्था एकदमै कमजोर भएकी १८ वर्षीय आरतीदेव सरदारको निःशुल्क उपचार गरिएको अस्पताल प्रशासनले जनाएको छ।

राजविराज घर भएकी सरदार गभर्वती थिइन्। माघ ९ मा अस्पताल भर्ना भएकी उनमा उच्च रक्तचापको समस्या थियो।

प्रदेश १ का अस्पतालहरूमा सेवा नपाएपछि उनी विराट पुगेकी थिइन्। अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. तरुण प्रधानको टोलीले उनको उपचार गरेको थियो।

डा. प्रधानका अनुसार बिरामीको स्वास्थ्य अवस्था एकदमै नाजुक थियो। ‘बिरामीको अवस्था गम्भीर भएकाले हामीले आइसियुमा उपचार गरेका थियौं,’ डा. प्रधानले भने।

सरदारको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो। उनले छोरी जन्माएकी छिन्।

‘बच्चा जन्मिएपछि स्वास्थ्य अवस्थामा सुधार नभएपछि पुनः आइसियुमा राखेर उपचार गरेका थियौं,’ डा. प्रधानले भने, ‘तर, पछि क्रमशः सुधार आएपछि वार्डमा सारियो।’

केही दिनपछि सरदारको फोक्सोमा केही समस्या देखिएपछि अस्पतालले भेन्टिलेटरमा हालेर थप उपचार सुरु गरेको थियो।

केही दिनको उपचारपछि उनी पूर्ण स्वास्थ्यलाभ गरी सोमबार डिस्चार्ज भएकी छिन्।

अस्पताल प्रशासनका अनुसार उनको उपचारमा लागेको ४ लाख ५५ हजार ३ सय ८२ रुपैयाँ मिनाहा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय