सन् २०२५ सम्म ५० प्रतिशत पुरुषमा उच्चरक्तचाप देखिने : अनुसन्धान

हालै नेपाल अनुसन्धानकर्ताहरूद्वारा गरिएको एक अध्ययनले अबको चार वर्ष भित्र लगभग ४५ प्रतिशत पुरुषमा उच्चरक्तचाप हुनसक्ने सम्भावना देखाएको छ।

अनुसन्धानले गत दुई दशकमा नेपालमा पुरुषमा उच्चरक्तचाप वृद्धिदर १३ प्रतिशतले भएको देखाएको हो। तर, त्यहि समएमा उच्चरक्तचापको उपचार तथा नियन्त्रण वृद्धिदर भने केवल ११ प्रतिशत र ३ प्रतिशत रहेको छ।

उच्चरक्तचापको समस्या गाउँमा भन्दा शहरमा, महिला भन्दा पुरुषमा, पढेका भन्दा नपढेकामा, कम उमेरका व्यक्ति भन्दा पाको उमेरका व्यक्तिमा र गण्डकी प्रदेशमा उच्च रहेको छ।

प्रमुख अनुसन्धानकर्ता डा. राजाराम ढुंगानाले गत २० वर्षमा प्रकाशित अनुशन्धान तथा रिपोर्टको मूल्यांकन गरी संयुक्त निस्कर्ष निकालिएको बताए।

उच्चरक्तचाप विश्वभर मृत्युको एक नम्बर कारण हो। उच्चरक्तचापका विरामीमा मुटुजन्य रोग, मस्तिस्कघात तथा मिर्गौला काम नलाग्ने हुन सक्ने सम्भावना धेरै रहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय