तीन स्वास्थ्य प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन, पोखरा र कर्णाली गरी तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन माग गरेको छ। रिक्त रहेको उपकुलपति पदका लागि आवेदन माग गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सात दिन भित्र उपकुलपति सिफारिस समितिको सचिवालय (नीति तथा योजना शाखा) स्वास्थ्य मन्त्रालयमा योग्यता पुगेका व्यक्तिलाई आवेदन पेश गर्न आग्रह गरेको छ।

निवेदन र सम्बन्धित प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तयार गरिएको सिलबन्दी व्यवसायिक कार्ययोजना सहित आवेदन माग गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय