चार डाक्टरको ११औं तहमा बढुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले चारजना डाक्टरलाई १३औं तहमा बढुवा गरेको छ।

समितिले डा. विना प्रजापति मानन्धर, डा. केशव पौडेल, डा. हेन्सन खड्का र डा. सुनिल कुमार शाहलाई बढुवा गरेको हो।

मानन्धर प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन हुन्। उनी ८१.८०५५ प्रतिशतकासाथ बढुवा भएका हुन्। उनी कार्यक्षमताको मुल्याङ्कन प्रक्रियाद्वारा बढुवा भएका हुन्।

पौडेल र खड्का ११औं तहमा प्रमुख कन्सलटेण्ट रेडियोलोजिष्ट पदमा बढुवा भएका हुन्।

साइक्याट्रिक डा. शाह पनि ११औं तहमा बढुवा भएका छन्। इएनटी सर्जन प्रमुख कन्सल्टेण्ट पदमा भने कुनै सम्भाव्य उम्मेदवार कायम नभएको समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय