निजामती अस्पतालको कार्यकारी निर्देशकमा ३ जना सिफारिश, डा. पौडेल अग्रस्थानमा

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिश गरिएको छ।

अस्पतालको कार्यकारी निर्देशकको लागि ८ जनाको आवेदन परेको थियो।

शैक्षिक योग्यता, अनुभव , तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अकंको आधारमा ३ जनाको नाम सिफारिस गरिएको हो।

सिफारिश गरिएका नाममा प्रा. डा. बिधाननिधि पौडेल, प्रा.डा.दिनेशकुमार लम्साल र डा.प्रकाशराज न्यौपाने छन।

बढुवा सिफारिश समितिले उनीहरूको नाम सिफारिश गरेको हो ।

तीन जनामध्ये एकजनालाई मुख्य सचिव शंकर बैरागीको अध्यक्षतामा रहेको अस्पताल विकास समितिको बोर्डलेले अस्पतालको कार्यकारी निर्देशक नियुक्ति गर्नेछ।

प्रा.डा. बिधाननिधिलाइ समितिको बैठकले कार्यकारी निर्देशक नियुक्त गर्ने अनुमान गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय