सरमिस्टा पोखरेल आत्महत्या प्रकरण : डाक्टरमाथि थालियो अनुसन्धान

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन २३ गते १८:३३

डा. राहुल पाण्डे माथि प्रहरीले थप अनुसन्धान सुरू गरेको छ।

जनकपुरको नमस्कार होटेलमा झुण्डिएको अवस्थामा भेटिएकी सरमिस्टा पोखरेलले सुसाइड नोटमा डा‌‌‌‌. पाण्डे  माथि  आरोप लगाएकी थिइन।

मृत्तक सरमिस्टा पोखरेललेको परिवारले जाहेरी दिएसँगै अनुसन्धान सुरू थालिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट बरामद भएकोे सुसाईड नोटमा पोखरेलले डा. राहुल पाण्डेको कारणले आत्महत्या गरेको उल्लेख गरेकी थिइन।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) प्रकाश रानाभाटले डा. पाण्डेमाथि अनुसन्धान भइरहेको बताए।

‘हामीले अनुसन्धानको प्रक्रिया अगाडी बढाएका छौ,’ रानाभाटले भने, ‘ छिट्टै सत्यतथ्य पत्ता लगाउछौं।’

पोखरेलको अन्तिम देहसंस्कार समेत भइसकेको छ।

प्रहरीले बरामद गरेको सुसाईड नोटमा डा. पाण्डेसँग विगत २ वर्षदेखि लिविंग रिलेशनसिपमा बस्दै आएको उल्लेख गरिएको थियो।

काठमाडौंको नयाँ बानेश्वरको पंचेश्वरी स्थित होस्टेल सञ्चालन गरेर व्यवसाय गर्दै आएकी थिइन।

उनका दुई सन्तान छन्।

केही वर्ष यता आफ्नो श्रीमान सँग राम्रो सम्बन्ध नरहेको कारण उनी काठमाडौंमा एक्लै बस्दै आइरहेकी अवस्थामा डा. पाण्डेसँग होस्टेलमै प्रेम सम्बन्ध भएको पाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय