स्वास्थ्यकर्मी भिम बहादुर बोहोरा माथि कुटपिट

बझाङ जिल्ला मस्टा गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत रहेका हेल्थ असिस्टेन्ट भिम बहादुर बोहोरा माथि कुटपिट भएको छ।

आइतबार हेल्थ असिस्टेन्ट संघ नेपाल (हान)ले एक विज्ञप्ति निकाल्दै कुटपिटको घटना प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

बोहोराले स्वास्थ्य कार्यक्रम संञ्चालन गरिरहेको बेला मस्टा गाँउपालिमा वडा ३ नं बस्ने ईश्वर खड्का, खगेन्द्र खड्का र जनक खड्काले दुरव्यवहारको साथ–साथै कुटपिट

गरेका थिए।
हानका अध्यक्ष दाताराम अधिकारीले दोषीलाई कानुनी दायारामा ल्याई अबिलम्ब कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी प्रति मानविय व्यवहार समेत नगरी दुव्र्यवहार गर्ने, हातपात गर्ने जस्ता काम निन्दनीय छ,’ विज्ञप्तिमा भनिएकाे छ , ‘ यस घटनाको जति सक्दो छिटो सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गर्दछाैं।’

साथै, हानले घाइते बोहोरा प्रति शिध्र स्वास्थ्य लाभको कामना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय