पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

पछिल्लो २४ घण्टामा देशभर ६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार गत २४ घण्टामा ६२ जना संक्रमित निको भएको छन्।

हालसम्म कुल संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, निको हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ । कोरोनामुक्त हुने दर ९८. ६ प्रतिशत पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको मृत्यु शून्य छ।

हालसम्म ३ हजार १० जनाको मृत्यु भएको छ। आइतबार ८२५ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ५३ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय