यसरी बनाउन सकिन्छ ‘सेक्स’लाई रोमाञ्चित
माया र सेक्स एकअर्काका पुरक हुन्। माया बिनाको सेक्स शारीरिक सम्बन्ध एक क्रियाकलाप मात्रै बन्नपुग्छ। र, बिना सेक्सको प्यार पनि अपुरो।
गहिरो प्रेममा हुँदा शारीरिक सम्बन्ध हुनु सामान्य कुरा हो। मायालाई सेक्सको सुगन्ध पनि भनिन्छ। श्रीमान श्रीमतीको सम्बन्धमा मनको गहिराई बिना तनको गहिराई हुनै सक्दैन।
आफ्नो सम्बन्धलाई बलियो बनाउनका लागि सेक्सलाई रोमाञ्चक बनाउनुपर्छ। जसबाट भरपूर आनन्द लिन सकियोस्।
सेक्सलाई सम्भोगले मात्र नभएर अन्य किसिमले पनि रोमान्चक बनाउन सकिन्छ। शरीरका विभिन्न अंगसँग खेल्नुका साथै मसाज गरेर पनि सेक्समा रोमान्चकता ल्याउन सकिन्छ।
प्रेमिल रूपमा चुम्मन गर्दा आनन्द पैदा हुन्छ। र, यसले पनि यौन रोमान्चकता थप्छ। विशेषज्ञका अनुसार मुख खोलेर चुम्मन गर्दा रेस्ट्रोस्टेशन नामक हार्मोन पैदा हुन्छ। यस्तो अवस्थामा पार्टनमा यौन उत्तेजना अभिक थपिन्छ। र, सेक्सको तिब्र इच्छा पैदा हुन्छ।
यस्तै सेक्सलाई रोमान्चित बनाउन यौनसम्पर्कका दौरान रमाइला कुरा गर्नुपर्छ। नयाँ-नयाँ पोज अपनाउनुपर्छ। र, सेक्सका दौरान पार्टनरले कुन पोजमा रोचकता महसुश गर्यो त्यसमा पनि ध्यान दिनुपर्छ।
महिलालाई पुरुष आफ्नो कुनै एउटा अंगमा मात्रै केन्द्रीत भएको मन पर्दैन। त्यसैले शरीरका विभिन्न अंगसँग खेलिराख्नुपर्छ। यसो गर्दा महिलाहरूले चरम आनन्द प्राप्त गर्नसक्छन्।
सेक्स गर्दा चुम्न गर्ने बेला एक अर्काको आँखामा हेर्नुपर्छ। जसले सेक्सको आनन्द दुई गुणा बढ्नपुग्छ। चुम्मन गर्दा होस वा कुनै अंग चलाउँदा एक अर्कालाई महशुस गर्नुपर्छ। जसले यौन आनन्दलाई दुई गुणा बढाइदिन्छ।
सेक्स गर्दा चरम सुखानुभूतिको कल्पना गर्नुपर्छ। जसले हामीलाई भित्रभित्र उत्तेजित पारिरहेको हुन्छ। र, चरम आनन्दको अवस्थामा पुर्याउँछ।