‘कोभ्याक्स’ सुविधाअन्तर्गत कोरोना खोप नेपाल आइपुग्यो

कोभ्याक्स सुविधाअन्तर्गत कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान ११ : १५ मा काठमाडौं आइपुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरे।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्ने मन्त्रालयले जनाएको छ।

कोभ्याक्स सुविधामार्फत नेपाल आएको खोप अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप हो। जुन भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय