भक्तपुरमा ४२ स्थानबाट खोप लगाइँदै

कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ। खोप अभियानअन्तर्गत भक्तपुरका ४२ स्थानबाट खोप लगाइँदै छ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार चार वटा नगरपालिका मध्ये चाँगुनारायण र सूर्यबिनायक नगरपालिकाका ११/११ स्थानबाट खोप दिँइदै छ।

मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका १०/१० स्थानबाट खोप लगाउन सकिने व्यवस्था मिलाइएको कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले बताए।

६५ वर्षमाथिका वृद्धवृद्धाले पायक पर्ने जुनसुकै स्थानबाट खोप लगाउन सक्ने छन्।

दोस्रो चरणमा भक्तपुरका लागि ५ हजार ९ सय ३९ भाइल, ५९ हजार ३ सय ९१ सिरिज र ५ सय ९४ वटा सेफ्टी बक्स प्राप्त भएको मिजारले बताए।

जिल्लामा अहिले ५५ वर्षमाथिका ४६ हजार ६ सय ८०, शिक्षक शिक्षिका ३ हजार ६ सय २१ जना, औषधी पसलका कर्मचारी २ सय जना, सार्वजनिक गाडीका चालक र सहचालक ७ सय १० जना रहेको बताइएको छ।

त्यस्तै पहिलो चरणमा छुटेका २ हजार २ सय ९४ जना गरी जिल्लामा कूल ५३ हजार ५ सय ५ जनालाई खोप लगाएइने उनी सुनाउँछन् ।

‘खोप अभियानमा ४ सय २८ स्वास्थ्यकर्मी र १ हजार २ सय ८४ स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुनेछन्, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय