ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।

ओलीले कोरोनाविरुद्धको खोप लगाइसकेपछि सञ्चारकर्मीसामू संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्।

उनले आज बिहान १० बजे त्रिवि शिक्षण अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन्।

‘मैले कोरोनाविरुद्धको खोप लगाएको २० मिनेट भइसक्यो। यसले कुनै असर गर्दैन। म सबै नागरिकलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्छु’, उनले भने।

उनले सबैलाई खोप लगाएर कोरोनालाई पराजित गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय