प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन्।

बिहान १० बजे त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन्।

ओलीले कोरोनाविरुद्धको खोप लगाउँदै दोस्रो चरणको खोप अभियान सुरु गरिएको बताएका छन्।

कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए।

यस्तै आजै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

आजदेखि नै ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई पनि कोरोनाविरुद्धको खोप लगाइँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय