जनस्वास्थ्य अधिकृत मिश्रको उपचारमा गौडैता नगरपालिकाको एक लाख सहयोग

हेल्थपोस्ट नेपाल

गोडैता नगरपालिले नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख देव शंकर मिश्रको उपचारका लागि एक लाख सहयोग गर्ने निर्णय गरेको छ।

१२ दिनदेखि आइसियुमा उपचाररत मिश्रलाई २१ गते बसेको नगरपालिकाको बैठकले एक लाख सहयोग गर्ने निर्णय गरेको हो।

फागुन ११ गते मंगलबार अचानक बेहोस भएका ५९ वर्षीय मिश्रको वीरगन्जस्थित नेशनल मेडिकल कलेको आइसियुमा उपचार भइरहेको छ।

कार्यालयमा काम गरिरहेको समयमा एक्कासी रक्चाप बढेर मिश्र बेहोस भएको स्वास्थ्य शाखाका सहसंयोजक प्रमोद पण्डितले बताए।

एक्कासी ढलेका उनलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। १२ दिन भइसक्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएको पण्डितले बताए। उनको उपचारमा दुई लाख भन्दा बढी रकम खर्च भइसकेको उनको भनाइ छ।

‘उहाँको होस आएको छैन। थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ’, उनले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *