जनस्वास्थ्य अधिकृत मिश्रको १२ दिनदेखि आइसियुमा उपचार हुँदै, स्वास्थ्यमा कुनै सुधार आएन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन २३ गते ९:५२

गोडैता नगरपालिका सर्लाहीको स्वास्थ्य शाखाका प्रमुख देव शंकर मिश्रको १२ दिनदेखि आइसियुमा उपचार भइरहेको छ। फागुन ११ गते मंगलबार अचानक बेहोस भएका ५९ वर्षीय मिश्रको वीरगन्जस्थित नेशनल मेडिकल कलेको आइसियुमा उपचार भइरहेको छ।

कार्यालयमा काम गरिरहेको समयमा एक्कासी रक्चाप बढेर मिश्र बेहोस भएको स्वास्थ्य शाखाका सहसंयोजक प्रमोद पण्डितले बताए।

एक्कासी ढलेका उनलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। १२ दिन भइसक्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएको पण्डितले बताए।

‘उहाँको होस आएको छैन। थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय