पछिल्लो २४ घन्टामा ४७ कोरोना संक्रमित थपिए, मृत्यु शून्य

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३५ को स्वाब परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा ६२ जना संक्रमित निको भएको छन्।

हालसम्म कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५५ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, निको हुनेको संख्या २ लाख ७० हजार ८२८ पुगेको छ । कोरोनामुक्त हुने दर ९८. ६ प्रतिशत पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको मृत्यु शून्य छ।

हालसम्म ३ हजार १० जनाको मृत्यु भएको छ। शनिबार ८१७ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ५५ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *