नेपाली जनतालाई प्रयोेगको साधन बनाउन दिन्न : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा प्रयोग भएको कोरोना खोप (कोभिसिल्ड) तेस्रो चरणको क्निीकल ट्रायल पार भएको बताएका छन्।

मन्त्रालयले कोरोना खोप अभियानको विषयमा पत्रकारसँगको अन्तरिक्रिया कार्यक्रममा मन्त्री त्रिपाठीले अहिले पनि कोरोना खोप प्रति शंका रहेको भन्दै सो कुरा बताएका हुन्।

उनले नेपाली जनतामा कोरोना खोप ट्रायल गर्नमा विभिन्न संस्था तथा व्यक्ति लागि परेको बताए।

‘नेपाली जनतालाई कोरोना खोपको ट्रायल गर्न धेरै प्रयास भएका थिए। अहिले पनि भइरहेको छ। ति संस्था व्यक्ति अहिले पनि घुमिरहेका छन्,’ मन्त्री त्रिपाठीले भने, ‘ नेपाली जनतालाई प्रयोेगको साधन बनाउन दिन्न।’

‘हाम्रो जनसंख्या सिमित र बहुमूल्य छ। त्यो बहुमूल्य जनसंख्या कसैको प्रयोगशालाको लागि होइन,’ मन्त्री त्रिपाठीले भने।

कोरोना खोप दोस्रो चरणको खोप अभियान आइतबार देखि सुरू हुँदै छ।

सो अभियानको सुरूवात प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ। आइतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालबाट प्रधानमन्त्री ओलीले खोप लिने कार्यक्रम रहेको छ।

दोस्रो चरणको खोप अभियानमा सरकारले ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ।

खोपको उपलब्धताको आधारमा क्रमश अन्य जोखिम समूहलाई खोप दिइने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले ५५ बर्षभन्दा माथिको जनसंख्यालाई असार मसान्तसम्म खोप दिइसक्ने योजना बनाएको छ।

५५ बर्षभन्दा माथिका जनसंख्या करिब ५१ लाख ६४ हजारको हाराहारिमा रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय