कोभ्याक्स सुविधाअन्तर्गत आइतबार ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ।

आज युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्ने बताए।

नेपाल आउन लागेको खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै भएको मन्त्री त्रिपाठीले बताए।

सरकारले फागुन २३ देखि दोस्रो चरणमा कोरोना खोप लगाउँदै छ।

दोस्रो चरणमा यसअघि ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकलाई खोप लगाइने बताएको सरकारले अब ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै खोप लगाउने बताएको छ।

५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।

६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय