जब विमान चढेका यात्रुले भने – म कोरोना पोजेटिभ हो

भारतको नयाँ दिल्लीस्थित एयरपोर्टमा कडा स्वास्थ्य जाँचका बीच एक घटना सामुन्ने आएको छ। घटना गत बिहीबारको हो।

भारतको दिल्लीस्थित आइजिआई विमानस्थलबाट पुणे जान तयार भएर रनवेमा गएको इन्डिगोको फ्लाइट नं 6E286 को विमानमा सवार एक यात्रुले ‘क्रु मेम्बर’ लाई आफू कोरोना संक्रमित भएको बताए।

उनको यो कुरा सुन्नेबित्तिकै सवार यात्रुबीच होहल्ला हुन थाल्यो। उनीहरु आत्तिन थाले। त्यसपछि विमानलाई पुनः पार्किङ क्षेत्रमा लगियो र संक्रमितलाई त्यहाँबाट उतारियो।

विमानका सबै यात्रु उत्रिए र पुनः सम्पूर्ण विमानलाई स्यानिटाइज गरियो। करिब डेढ घण्टा ढिलो विमान पुणेका लागि उड्यो।

यता, विमान कम्पनी इन्डिगोले यसबारे केही बोलेको छैन।

विमानस्थलमा कडा स्वास्थ्य जाँचका बीच कसरी उक्त यात्रु विमानभित्र प्रवेश गरे भन्ने बारे छानविन भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरीले पनि यसबारे अनुसन्धान गरिरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय