कोरोना खोप अभियानः पहिलो चरणमा देखिएका ३ चुनौती

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोप अभियानको प्रमुख ३ चुनौतीको औल्याएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको खोप अभियानमा प्रमुख तीन चूनौति देखिएको बताएका छन्।

सेवाग्राहीको सूची गर्न कम समय भएकाले, निश्चित स्थानमा मात्र खोप केन्द्र र  पालिका र जिल्लाबाट प्रवाह गरिएको खोप अभियान तथ्यांक दैनिक प्राप्त गर्न कठिन भएको डा. गौतमले बताए।

‘पहिलो चरणमा खोप लिनको लागि स्वास्थ्यकर्मीलाई जिल्लामा आएर खोप लिनुपर्ने बाध्यता रहेको थियो,’ डा. गौतमले भने, ‘जसको कारण खोप पहुँज कम भएको हो।’

अभियानको विषयमा सरकारको नीति, योजना, गतिविधि, उपलब्धी र चुनौतीबारे नियमित रुपमा सूचना तथा जानकारीमूलक सन्देशहरु प्रवाह गर्ने उनले बताए ।

डा. गौतमले कोरोना संक्रमणबाट बच्न खोप लगाउनु अघि र खोप लगाएपछि पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताए ।

उनले जनस्वास्थ्यको मापदण्ड पालना गर्दा कोरोना संक्रमण र अन्य सरुवा रोगबाट समेत जोगिन सकिने बताए ।

डा. गौतमले दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई चरणबद्ध रूपले खोप लगाइने जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा ६५ वर्षका नागरिकलाई खोप दिइने छ। तर, हिमाली जिल्लाको हकमा भने ५५ वर्षभन्दा माथिका मानिसले पनि खोप लगाउन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय