सवा चार लाखलाई कोरोना खोप लगाइएकोमा १९ सयलाई मात्र सामान्य असर

नेपालमा ४ लाख २९ हजारलाई कोरोना विरुद्दको खोप लगाउँदा १ हजार ९ सय ११ जनालाई मात्रै समान्य असर देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यि मध्ये ९ जनालाई गम्भीर खालको असर देखिएको थियो।

तर, हाल सबैको स्वास्थ्य अवस्थामा समान्य नै छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार सामान्य असर सुई लगाएको ठाउँमा दुख्ने, सुनिने, गाँठो पर्ने, टाउको दुख्ने, जिउ दुख्ने, जार्नीहरू दुख्ने खालका थिए।

त्यसैगरी, रुघाखोकी लाग्दा जस्ता चिन्ह र लक्षण देखिने, मध्य ज्वरो, र वाकवाक लाग्ने असर देखिएको थियो।

गम्भीर खालको असर देखिएको ९ जनामा भने उच्च ज्वरो देखिएको थियो। गम्भीर समस्या देखिएका बिरमीको खोप केन्द्रको अस्पतालबाट थप उपचार भएको थियो।

यि समान्य असर अन्य खोपमा पनि देखिन्छ। यो कोभिड १९ को विरुद्दको खोपमा पनि देखिन सक्छ। तर, असर देखिने यो संख्या एकदमै कम हो,’ डा. गौतमले भने।

सरकारले फागुन २३ बाट ६५ बर्षका माथिका ज्येठ नागरिकलाई खोप दिने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय