नेपालमा कोरोना संक्रमणबाट ३ हजारको मृत्यु

पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभरका प्रयोगशालामा ६ हजार १४३ जनाको नमुना परीक्षण गर्दा ५१ जना महिला र ६९ जना पुरुष गरी कुल १२० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ७६६ जना पुगेको छ ।

उनीहरु मध्ये २ लाख ७० हजार ९६६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय