तीन हप्ता स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको तीन हप्ता नियमित प्रेस ब्रिफिङ गर्ने जनाएको छ। खोप अभियानलाई लक्षित गर्दै दैनिक प्रेस ब्रिफिङ गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

दोस्रो प्राथमिकतामा परेकाहरूका लागि फागुन २३ गते आइतबारदेखि सुरु हुने खोप अभियानलाई लक्षित गर्दै प्रेस ब्रिफिङ नियमित गरिने उनले बताए।

अहिले मन्त्रालयले हप्तामा दुई पटक मात्रै प्रेस ब्रिफिङ गर्दै आएको छ। उनले हरेक दिनको पत्रकार सम्मेलनमा खोप अभियानको विषयमा सरकारको नीति, योजना, गतिविधि, उपलब्धी र चुनौतीबारे नियमित रुपमा सूचना तथा जानकारीमूलक सन्देशहरू प्रवाह गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय