कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो, अवस्थामा सुधार हुँदै

मस्तिष्काघात भएर नर्भिक अस्पताल भर्ना भएका कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्थामा सामान्य सुधार देखिएको छ।

उनको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार जोशीलाई भेन्टिलेटरबाट निकालिएको छ।

‘हिजो भेन्टिलेटरबाट निकालेका छौं,’ डा. झाले भने, ‘अहिले उहाँले आफै श्वास फेरिराख्नु भएको छ।’ डा. झाका अनुसार जोशीको शरीरको दायाँपट्टीको भाग मात्रै चलेको छ।

‘दायाँ साइडमा चलाइराख्नु छ। तर, बायाँ साइड चलाउनु भएको छैन। आँखा खोल्नु भएको छैन। अहिलेसम्म बोलि आएको छैन,’ डा. झाले भने, ‘अहिलेसम्मको अवस्थालाई हेर्दा अझै केहि भन्न सकिने अवस्था छैन।’

जोशीको अहिले पनि ब्लड प्रेसर तलमाथि नै भइरहेको छ। तर, चिकित्सकले त्यसलाई कन्ट्रोल गरिराखेका छन्।

डा. झाका अनुसार यस्ता मानिसको ७० प्रतिशत रिकोभर हुँदैन।

‘यस्ता केशहरूमा ७० प्रतिशत मानिसहरू निको हुँदैनन्,’ डा. झा भन्छन्, ‘बाच्ने सम्भावना ३० प्रतिशत मात्रै हुन्छ।’

तर, ३० प्रतिशतमा निको हुनेका लागि समय लाग्नेगर्छ।

‘उहाँको उपचार भएको एक हप्ता भयो। अबको दुई/तिन हप्ताको निको हुने दरलाई हेर्दा मात्रै प्रष्ट साथ भन्न सकिन्छ,’ डा. झाले भने, ‘अहिले पनि उहाँको मस्तिष्कमा रगत आलो नै छ। जब आलो रगत सुकेर जान्छ। दिमागमा केही प्रेसर रहँदैन,अनि मात्रै प्रष्ट भन्न सकिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय