अमेरिका–नेपाल मेडिकल फाउन्डेसनले पाटनलाई गर्यो स्वास्थ्य उपकरण हस्तान्तरण

अमेरिका–नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केही उपकरण हस्तान्तरण गरेको छ।

फाउन्डेसनले ब्रोन्कोस्कोप मेसिन र मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड हस्तान्तरण गरेको हो।

फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बस्नेतले अस्पतालका निर्देशक डा. रवि शाक्यलाई उपकरण हस्तान्तरण गरेका हुन्।

अस्पतालले फाउन्डेसनलाई विभिन्न उपकरण आवश्यक भएको भन्दै सहयोग आग्रह गरेको थियो।

ति उपकरण अस्पतालका लागि अतिआवश्यक रहेकाले उपलब्ध गराइएको डा. बस्नेतले बताए।

अस्पताललाई सहयोग गरेको ब्रोन्कोस्कोपी मेसिन १८ लाख ८ हजारको र मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड २१ लाख ९८ हजार मूल्यको रहेको छ।

ब्रोन्कोस्कोप मेसिनले श्वासप्रश्वासको नली हेर्न मद्दत गर्दछ।

यो मेसिन सजिलै यताउता लैजान सकिने भएकाले आइसियुमा रहेका बिरामीलाई बढी प्रभावकारी हुने बताइएको छ।

खासगरी सरकारी अस्पतालमा बाथ रोग सम्बन्धि पाटन अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध रहेको छ।

मस्कुलोस्केलेटलले सुनिएको ठाउँ, जोर्नी अल्ट्रासाउन्ड गर्न सकिन्छ।

‘सरकारी तथा गैर नाफासंस्थामा उपकरण अभाव नहोस्,’ डा. बस्नेतले भने, ‘ यस्ता उपकरणले गर्दा विशेषज्ञ सेवा जनताले पाउन भन्ने हाम्रो उदेश्य हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय