विशेषज्ञ लाइसेन्स परीक्षाको अंकभार बढाइयो

नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ तहको चिकित्सक नाम दर्ताका लागि लिने विशेषज्ञ परीक्षाको अंकभार थप गरेको छ।

काउन्सिलले एक सूचना जारी गरी विशेषज्ञ तहको चिकित्सक नाम दर्ताका लागि लिने विशेष परीक्षाको अंकभार थप गरेको हो।
काउन्सिलको गत १२ फागुनको पूर्ण बैकले आगामी परीक्षादेखि लागू हुने गरी अंकभार १२० पुर्‍याएको छ।

यसअघि विशेष परीक्षाका लागि १०० अंकभार रहेको थियो।

नयाँ व्यवस्थासंगै उत्तिर्णाङ्क समेत बढाइएको छ। पहिले ५० अंक ल्याएर लाइसेन्स उत्तिर्ण गर्नेले अब भने ६० अंक ल्याउनु पर्नेछ।

परीक्षाको अंकभार १ सय २० र परीक्षा समय दुई घण्टा कायम गरिएको सूचनामा उल्लेख छ। यसरी थप गरिने २० वटा प्रश्नहरू एक उत्तर वस्तुगत प्रश्न हुने काउन्सिलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय