सरकारले खोप दिने प्राथमिकता समूह फेरि परिवर्तन गर्‍यो

सरकारले आगामी २३ फागुनदेखि कोभिडविरुद्धको खोपको दोस्रो चरणको अभियान सुरू गर्ने भएको छ।

सरकारले दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिइने भएको छ।

तर, यसअघि सरकारले ५५ वर्ष माथिका खोप दिने योजना बनाएको थियो।

तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ वर्ष पुर्‍याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याइपुर्‍याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो ।
सम्झौताअनुसार १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको विभागले जनाएको छ।

खोपको उपलब्धताको कारणले पहिलो चरणमा ६५ बर्षका माथिकाहरुलाई राखिएको विभागका महानिर्देशक डा. दिपेन्द्र रमणसिहँले जानकारी दिए।

‘सिरमले सम्झौताअनुसार बुधबारसम्म थप १० लाख डोज पठाउनै पर्ने थियो,’ सिहँले भने, ‘ तर, हालसम्म पनि खोप पठाउन सकेको छैन। अबको केही दिनमा आउने कुरा छ।’

विभागका अनुसार ६५ वर्षका माथिका खोप पाएपछि मात्र अन्य  समूहले खोप पाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय