दक्षिण एशियामा कुन देशका कति नागरिकले लगाए खोप

विश्वका अधिकांश देशमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान जारी छ।

नेपालमा पनि भारतको सेरम इन्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइँदै छ।

विश्व स्वास्थ्य संगठन नेपाल नेशनल प्रोफेशनल अफिसर डा. राहुल प्रधानका अनुसार हालसम्म नेपालमा ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका छन्।

एशियामा भारतका सबैभन्दा बढी नागरिकले खोप ल गाएका छन्। उनका अनुसार भारतमा १ करोड ५६ लाखले खोप लगाइसकेका छन्।

बंगलादेशमा ३३ लाख ४ हजारले खोप लगाएका छन्। श्रीलंकामा ५ लाख ५३ हजार ८ सय २१ जनाले खोप लगाएका छन्।

माल्दिभ्समा १ लाख २३ हजार ६ सय ६५ जनाले लगाएका छन्। भुटान र अफगानिस्तानका नागरिकले भने खोप पाएका छनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय