इटाली सरकारले रोक्यो अष्ट्रेलिया पठाउन लागिएको खोप

इटाली सरकारले अष्ट्रेलिया पठाउन लागिएको कोरोनाविरुद्धको खोप रोकेको छ। अक्सफोर्ड-एस्ट्राजेनेकाले उत्पादन गरेको खोप अस्ट्रेलिया पठाउनबाट रोकिएको हो।

इटालीस्थित कम्पनीमा निर्मित २ लाख ५० हजार डोज खोप युरोपेली संघ (इयू) को नयाँ नियमले गर्दा पठाउन रोकिएको इटाली सरकारले जनाएको छ। उक्त नियममा यदि कम्पनीले इयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात रोक्न सकिने प्रावधान छ। यस्तो कदम चाल्ने इटाली पहिलो युरोपेली देश बनेको छ।

यता, अस्ट्रेलियाले इटालीले खोप पठाउन रोक्दैमा आफ्नो खोप अभियान प्रभावित नहुने बताएको छ। अस्ट्रेलियाले गत सातादेखि फाइजर/बायोएनटेकले उत्पादन गरेको खोप प्रयोग गर्दै अभियान सुरु गरेको थियो। इटालीको कदमबारे इयू र कम्पनीकोतर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय