मिर्गौला र मुटु रोगीले कोरोना खोप लगाउन हुन्छकी हुँदैन?

कोरोना आतंकबाट विश्वले अझै शान्ति पाउन सकेको छैन। धेरै देशमा कोरोनाको दोस्रो लहर चलिरहेको छ।

तर, योसँगै विकसित भएको कोरोना खोपले भने केहि आसा जगाएको छ। नेपालसहित धेरै देशमा विभिन्न कम्पनिले उत्पादन गरेका कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी छ।

तर, धेरै मानिसमा मिर्गौला रोगी तथा मुटुका बिरामीले खोप लगाउन हुन्छकी हुँदैन भन्ने द्विविधा छ।

डाक्टर रवि बन्सलका अनुसार मिर्गौलाका बिरामीले कोरोना खोप लगाउन सक्छन्। उनले मिर्गौला, मुटु र कलेजोका बिरामीमा कुनै पनि रोगसँग लड्ने क्षमता निकै कम हुन्छ।

त्यसैले यस्ता बिरामीमा कुनै पनि बिरामीले चाडो आक्रमण गर्ने जोखिम हुन्छ। यस्तो अवस्थामा सबैभन्दा बढी भ्याक्सिनको आवश्यकता उनीहरूलाई नै हुन्छ। किनकी यस्ता व्यक्तिमा कोरोना संक्रमण भए मृत्यु हुने जोखिम बढी हुन्छ।

डा. रवि जुनसुकै व्यक्तिले पनि भ्याक्सिन लगाउनसक्ने बताउँछन्। भ्याक्सिन सबैका लागि लाभदायक हुने उनको भनाइ छ। मिर्गौला र मुटुका बिरामीले खोप लगाउँदा कुनै साइड इफेक्ट नहुने उनको भनाइ छ।

मिर्गौलाको उपचार गरिरहेकाहरूले कोरोना खोप लगाउन सक्ने उनी बताउँछन्। उनी कोरोना खोप लगाउँदा प्रेसरमा समस्या हुने वा अन्य कुनै जोखिम हुने नभएकाले खोप ढुक्कसँग लगाउन सकिने बताउँछन्।

कोरोना खोप लगाउँदा ज्वरो आउने, रिगटा लाग्ने, टाउको दुख्ने जस्ता समस्या देखिन सक्ने भएकाले त्यसलाई गम्भीर रूपमा लिन नहुने डा. रवि बताउँछन्। तर, मिर्गौला र मुटु रोगीको खोप लगाइसकेपछि केहि समय रेखदेख गर्नुपर्ने उनी बताउँछन्।

मुटु वा मिर्गौला ट्रान्सप्लान्ट गरेका व्यक्तिले पनि कोरोना खोप लगाउन सक्ने उनी बताउँछन्। उनी बाहिर फैलिने कुनै पनि किसिमका अपवाहको पछाडि नलागी सबैलाई ढुक्कसँग खोप लगाउन सुझाव दिन्छन्।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय