यौन शक्ति बढाउन खानुस् यस्ता खानेकुरा!

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन २० गते १७:३७

मानिस र खानाको बीचमा निकै गहिरो सम्बन्ध छ। खानाले हामीलाई बचाउने काम मात्र गर्दै हाम्रो शरीरका विभिन्न भागलाई विभिन्न खाले फाइदा पुर्‍याइरहेको छ।

यस्तै केही खाने कुराले मानिसको यौन शक्ति बढाउने काम पनि गर्छ। मानिसलाई स्वस्थ हुनका लागि स्ट्मिना चाहिन्छ।

हामीले स्वस्थ खाना खायौ भने हाम्रो शरीर स्वस्थ हुन्छ। र, हाम्रो स्टामिना पनि बढ्छ। स्वस्थ खानाले हाम्रो मुटुमा फाइदा पुगाउँछ। मुटु स्वस्थ भयो भने हाम्रो शरीको रक्तप्रवाह स्वस्थ हुन्छ। रक्तप्रवाह स्वस्थ भयो भने यौन शक्ति सन्तुलित हुन्छ।

– माछा
– ओखर
– एवोकाडो
– फलफूलहरू
– रेड वाइन
– रस मलाई
– गेडागुडी
– सागपात
– चिउरा
– डार्क चक्लेट

हामीले इलेक्ट्रोलाइट्स भएका खाद्यपदार्थ खाएर पनि यौन शक्ति बढाउन सक्छौं।

त्यस्ता खाद्य पदार्थमा पोटासियम हुन्छ। जसले सेक्सका दौरान शरीमा उर्जा दिने काम गर्छन्।

– केरा
– पालंग
– ब्रोकाउली
– मेवा
– टमाटर
– आलु
– च्याउ
– गाजर
– दूध या दही जस्ता खानेकुरा राखु राम्रो मानिन्छ।

यस्तै हामीले नाइट्रेट युक्त खानेकुरा पनि खानुपर्छ। नाइट्रेट्सले व्यायाम सहिष्णुतामा सुधार गर्छ। मांशपेसीको अक्सिकरणलाई अनुकुलित बनाउन र मांशपेसीको थकान कम गर्न यसले भूमिका खेल्छ।

नाइट्रेटको प्रभाव हाम्रो मांशपेसीमा पर्छ र त्यसको भाव हाम्रो यौन शक्तिमा पर्छ। मांशपेसीलाई थकान महशुस नहुँदा स्फुर्ति हुन्छ। र, हामीले सेक्सबाट भरपुर आनन्द लिनसक्छौं।

– लसुन
– डार्क चक्लेट
– पात भएका साग
– रातो मासु
– अनार
– ओखर
– अमिला फलहरूबाट हामीद्ये नाइट्रेट पाइरहेका हुन्छौं।

थुप्रै महिला जीवनमा धेरै पटक चरम सन्तुष्टिको अवस्थामा पुग्दैनन्। जसले गर्दा उनीहरू चिन्तित हुनेगर्छन्। र, उनीहरू सोचिरहेका हुन्छन् काम इच्छालाई कसरी ठिक गर्ने भन्ने बारे। तर, हामीले खानपिनमा ध्यान दियौं भने धेरै हदसम्म यो समस्या समाधान हुनसक्छ।

केही अध्ययनमा रेड वाइनले कामेच्छा बढ्ने देखाएको पाइएको छ। त्यसैले रेड वाइनको सेवन गर्नु यौन सन्तुष्टिका लागि राम्रो मानिन्छ।

केही ध्ययनले मेथीको बिउको सेवनले महिलामा यौन इच्छा बढाउने देखाएको छ। यसले महिलामा यौन उत्तेजना पनि बढाउने पाइएको छ। यसमा अहिले पनि शोध जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय