प्राज्ञिक मर्यादाको पालना गर्न प्रधानमन्त्रीलाई पूर्वउपकुलपतिहरूको आग्रह

विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपतिहरुले प्राज्ञिक मर्यादाको पालना गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्।

ओलीले मंगलबार झापाको एक कार्यक्रममा बिएण्डसी अस्पताललाई सम्बन्धन दिइने बताएपछि उपकुलपतिहरुले आपत्ति जनाएका हुन्।

ओलीले व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेको अस्पतालको उद्घाटन गर्दै उनैको बिएण्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिने आश्वासन दिएका थिए।

‘अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथवा त्यसमा आवश्यक सुधार गरी चिकित्साशिक्षाको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु भनेको अति नै ठूलो बिडम्बना हो’, १० पूर्वउपकुलपतिहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरूले पनि कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले प्राज्ञिक मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्यको कुरा हो ।’

उनीहरूले समय छँदै गल्ती सुधारी प्राज्ञिक मर्यादाको पालना गर्न आग्रहसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय