११३ निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्व ८ करोड निकासा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन १९ गते १७:०५

अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्व ८ करोड ५३ लाख २३ हजार रूपैयाँ शसर्त अनुदानका रूपमा निकासा स्वीकृति दिएको छ।

स्वास्थ्य सेवा केन्द्र निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएको मन्त्रालयले जनाएको छ।

स्थानीय तहका सबै वडामा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन्। स्वास्थ्य संस्थाको काम सम्पन्न भएको आधारमा वित्तिय हस्तान्तरणका रुपमा रकम पठाउने गरिएको छ।

अनुसार चालूआर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रूपैयाँ विनियोजन भएको अर्थ मन्त्रालयका जनाएको छ।
यसअघि २ अर्व ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भएको थियो।

अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्व ९७ करोड रूपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो।

सोही अनुसार गत मंसिर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय