यौनाङ्गका रौं काट्नु स्वास्थ्यलाई कति हानिकारक!

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन १९ गते १७:३२

मानिस यौनाङ्गका रौंको बारेमा कुरा गर्न मन पराउँदैनन्। यस बिषयलाई लाजको विषयको रूपमा हेरिन्छ। तर, सबैलाई यौनाङ्गका रौं काट्दा हुने बेफाइदाका बारेमा जानकारी हुनु जरुरी हुन्छ।

पुरुषको तुलनामा महिलाहरू यौनाङ्गका रौं बढी सफा गरिरहेका हुन्छन्। एक अध्ययनले पनि महिलाले यौनाङ्गका रौं काट्न बढी रुचाउने गरेको देखाएको छ। उनीहरू शारीरिक सम्बन्ध भन्दा पहिले योनीलाई रौं काटे‌र सफा राख्न चाहन्छन्।

तर, यौनाङ्गका रौं निकै ठूला भएको अवस्थामा हामीले थोरै घटाउन सक्छौं। पुरै भने काट्नु हुँदैन। किनकी पुरै रौं काट्दा यसले स्वास्थ्यमा हानी पुर्‍याउने जोखिम हुन्छ।

यौनाङ्गको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। बेला-बेला सफा पानीले धोइराख्नुपर्छ। तर, पुरै रौं फाल्नु हुँदैन। ति रौंले यौनाङ्गलाई विभिन्न संक्रमणबाट बचाइरहेका हुन्छन्।

हामीले पुरै रौं काट्दा यौनाङ्ग ओरपर पसिना आउन थाल्छ। तर, रौं भएको समयमा धेरै पसिना आउँदैन। पसिना आएको खन्डमा रौंले सोस्नेगर्छ।

गुप्ताङ्गमा आउने पसिना रौंले स्वस्थ पाएन भने हानिकारक हुनसक्छ। हामीले रौं काट्दा केहि समयसम्म चिलाउने हुन्छ।

पसिना सुक्न पाएन भने व्याक्टेरिया पैदा हुने र गन्धा आउने हुनसक्छ। बिहे गरेका मानिसमा यस्तो समस्या झनै बढी हुन्छ। किनकी शारीरिक सम्बन्ध बनाउँदा उनीहरूमा फोहोर जम्मा हुने समस्या झनै बढी हुन्छ।

यौनाङ्गका रौंले हार्मोन्सको गन्धलाई कम गर्न मद्दत गर्छन्। रौं काट्दा साना टुसा लुगामा ददारिएर छाला रातो हुने वा चिलाउने समस्या पनि हुनसक्छ।

रौं ठूला हुँदा पनि ब्याक्टेरिया जम्मा हुने समस्या हुन्छ। त्यसैले नियमित रूपमा सफा भने गरिराख्नुपर्छ। रौंले यौनाङ्गलाई धुलोबाट जोगाउन मद्दत गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय