सेप्टेम्बरसम्म आधारभूत जनसंख्याले खोप पाउँछ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। खोप लगाइसकेपछि सञ्चारकर्मीसामू प्रतिक्रिया दिँदै अब आफू सुरक्षित भएको महशुस गरेको बताएका छन्।

सिमित देश र कम्पनिहरूले खोप उत्पादन गरिरहेको अवस्थामा नेपालले समयमै खोप ल्याउन सकेको भन्दै उनले खुशी व्यक्त गरे।

मन्त्री त्रिपाठीले थप ५० लाख डोज खोप खरिदका लागि सरकार खोप उत्पादक कम्पनिहरूसँग छलफल गरिरहेको बताए। उनले खोप अभियानले निरन्तरता पाउने बताए।

२३ गतेदेखि ५५ वर्ष माथिकालाई खोप लगाउनका लागि सबै प्रक्रिया सकिएको उनले बताए।

उनले खोप लगाउँदा आनन्द महशुस भएको बताए। उनले सेप्टेम्बरसम्म आधारभूत सबै जनसंख्यालाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको बताए।

सिमित देश र कम्पनिले खोप उत्पादन गरिरहेकाले यसको उपलब्धता पनि महत्वपूर्ण कुरा हुने बताएका छन्। उनले खोप सुरक्षित भएकाले सबैलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय