खोप लगाउँदा एक पटक ‘चस्स’ मात्रै भयो : माधवकुमार नेपाल

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कोरोनाविरुद्धको खोप लगाउँदा आफूलाई डरको महशुस नभएको बताएका छन्।

कोरोना खोप लगाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले खोप लगाउँदा एक पटक चस्स मात्रै हुने भएकाले नआत्तिन सुझाव दिएका छन्।

‘सानो बच्चादेखिनै हामी खोप लगाउँछौं। पोलियोदेखि अन्य रोगविरुद्धका खोप लगाउँदै हामी हुर्किएका हौं’, उनले भने, ‘यो पनि अन्य खोप जस्तै हो आत्तिनु पर्दैन। यसले कोरोनाबाट जोगाउने हो।’

उनले स्वास्थ्यकर्मीको सुझाव अनुसार आफूले खोप केन्द्रमै ३० मिनेट रेष्ट गरिरहेको बताए।

उनी सबैलाई खोप अभियानमा ढुक्कसँग सहभागी हुन आग्रह गर्छन्।

उनले ज्वरो आउनु सामान्य लक्षण भएकाले खोप लगाउँदा ज्वरो आउँदा नआत्तिन आग्रह गरेका छन्। उनी स्वास्थ्य मन्त्रालय, डब्लुएचओ र स्वास्थ्यकर्मी जस्ता जानकार निकायका कुरालाई मात्र विश्वास गरेर अपवाहको पछि नलाग्न आग्रह गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय