सांसदहरूले यसरी लगाउँदै छन् कोरोना खोप (फोटो फिचर)

आज सांसदहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैको छ। प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षलगायत सांसदहरूलाई आज खोप लगाइएको हो।

आज बिहान १० बजे सिभिल अस्पताल नयाँ बानेश्वरमा पुगेर सांसदहरूले खोप लगाइरहेका छन्।

त्यसैगरी, सभामुखका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरूलाई पनि खोप लगाइने कार्यक्रम जारी रहेको छ।

यस्तै बिहीबार संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवलगायत सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलगायतलाई खोप लगाइँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय