पूर्वप्रधानमन्त्री नेपालले लगाए कोरोनाविरुद्धको खोप

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोनाविरुद्धको खोप लगाएका छन्।

नयाँ बानेश्वरस्थित निजामती अस्पताल पुगेर उनले कोरोनाविरुद्धको खोप लगाएका हुन्।

खोप लगाएपछि उनी खोप केन्द्रमा रहेको आराम कक्षमा छन्।

यस्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमद दाहाललगायतले पनि खोप लगाइसके‌का छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय