बिएण्डसी कलेजलाई सम्बन्धन दिने निर्णयप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले प्रस्तावित बिएण्डसी कलेजलाई एमबीबीएसको सम्बन्धन दिने निर्णयप्रति आपत्ति जनाएको छ।

झापाको बिर्तामोडस्थित कलेजलाई काठमाडौं विश्वविद्यालयले एमबीबीएसको सम्बन्धन दिने निर्णय गरेको प्रति कांग्रेसले आपत्ति जनाएको हो।

‘कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा झापास्थित प्रस्तावित बिएन्डसी कलेजलाई एमबीबीएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालय सभाको निर्णयप्रति नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागका सचिव डा.कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौताविपरीत हस्तक्षेपका कार्य गर्नु आपत्तिजनक कुरा रहेको पौडेलले उल्लेख गरेका छन्।

प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना नगर्न उनले सचेतसमेत गराएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोडस्थित क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गर्दै बिएण्डसीलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय