विवादित दुर्गा प्रसाईंको ओलीले गरे खुलेर प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित बनेका दुर्गा प्रसाईंको खुलेर प्रशंसा गरेका छन्। झापाको बिर्तामोडस्थित पूर्वान्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा उनले सञ्चालक प्रसाईंको प्रशंसा गरेका हुन्।

ओलीले कसैले आलोचना गर्दैमा प्रसाईं पछि नहट्ने मानिस रहेको बताए। आलोचनालाई ब्रान्ड बनाउने प्रसाईंकाे विशेषता रहेको उनको भनाइ थियो।

‘भन्नेहरू भन्दै गर्छन, आलोचना गर्नेहरू गर्दै गर्छन,’ ओलीले भने,‘दुर्गा प्रसाईंकाे विशेषता छ मार्सी चामल भनेर आलोचना भयो उहाँले एउटा ब्रान्ड नै बनाइ दिनुभयो। माफिया व्हिस्की, डन इनर्जी ड्रिन्क। जे जे गाली गर्‍या छन् दुर्गा प्रसाईंले ब्रान्ड बनाइ दिनु भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय