कांग्रेस नेता गोपालमान श्रेष्ठको स्वास्थ्यमा सुधार

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन १८ गते १५:११

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको स्वास्थ्यवस्थामा सुधार आएको छ।

मधुमेह र ग्याष्ट्राइटिसका बिरामी उनलाई सास फेर्न समस्या भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो।

जाँचका क्रममा श्रेष्ठको रगतमा अक्सिजनको मात्रा कमी देखिएको र निमोनिया तथा मुटुमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

कांग्रेस नेता नैनसिंह महरले श्रेष्ठलाई आफूले अस्पताल पुगेर भेटेको बताउँदै उनको स्वास्थ्यमा सुधार आइरहेको चिकित्सकले आफूलाई जानकारी दिएको बताए।

नर्भिक अस्पतालमै कांग्रेसका अर्का नेता नवीन्द्रराज जोशीको पनि उपचार भइरहेको छ। मस्तिष्कघात भएका उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय