जेष्ठनागरिकलाई करिव ६ हजार केन्द्रबाट खोप, अनपेक्षित घटना ‘हेन्डल’ गर्न टोली

सरकारले फागुन २३ गतेबाट देशैभर दोस्रो चरणको खोप अभियान सुरु गर्दै छ।

दोस्रो रणमा सरकारले जेष्ठनागरिकहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने भएको हो।

सरकारले भारतबाट १० लाख डोज ‘कोभिसिल्ड’ खोप खरिद गरेर फागुन ९ गते नेपाल ल्याइसकेको छ।

सरकारले खरिद गरेको २० लाख डोज मध्ये पहिलो चरणमा १० लाख डोज नेपाल आएर वृद्धवृद्धालाई लगाउने तयारी भइरहेको हो।

वाल तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले देशभर खोप लगाउनका लागि तयारी पुरा भएको बताए।

‘खोप दिनका लागि स्वास्थ्यकर्मीहरूलाई तालिम तथा प्रशिक्षण दिने काम सकिएको छ’, उनले भने, ‘केही पालिकामा अहिले पनि तालिम तथा प्रशिक्षण दिने काम भइरहेको छ। तर, अधिकांश पालिकामा तयारी पुरा भइसकेको छ।’

उनले सबै प्रदेशमा खोप पठाइसकिएको बताए। ‘खोप कार्ड, फर्म र रजिस्टरहरू पनि हामीले प्रदेशमा पठाइसकेका छौं। प्रदेशले जिल्ला–जिल्लामा पठाउने छ’, उनले भने।

उनले देशभर नै ६ हजार हाराहारीमा खोपकेन्द्र तोकिएको बताए। उनले यसका साथै अन्य आवश्यक तयारीमा आफूहरू जुटिरहेको उनले बताए।

वृद्धवृद्धालाई खोप दिँदा हुनसक्ने जोखिमलाई ध्यान दिँदै सरकारले अनपेक्षित घटनासँग सम्बन्धित टोलि तयार पारेको डा. गौतम बताउँछन्। उनले जिल्ला–जिल्लामा उक्त टोली खटिने बताए। कसैलाई कुनै गाह्रो परे सोही चिकित्सकको टोलीले काम गर्ने छ।

त्यसका साथै सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रत्यक खोप केन्द्रमा आवश्यक औषधी पठाइसकिएको उनले बताए।

‘हामीले मोबाइल एसएमएस सेवा पनि दिने छौं। हेल्थपोस्टमा इन्चार्जको संयोजकत्वमा एउटा टिम रहन्छ। उहाँहरूलाई अभिमुखिकरण गरेर हामीले तयार अवस्थामा राख्छौं। त्यस्तो कुनै समस्या हुनेवित्तिकै व्यक्तिले उपचार पाउने वातावरण तयार हुन्छ’, उनी भन्छन्।

सरकारले राम्रो तयारी गरेकाले उनी सबै जेष्ठनागरिकलाई खोपकेन्द्रसम्म आएर खोप लगाउन आग्रह गर्छन्।

उनी परीवारका सदस्यहरूलाई पनि जेष्ठनागरिकलाई तोकिएको अस्पतालसम्म पुर्‍याइदिने र ल्याइदिने काममा सहयोग गर्न आग्रह गर्छन्।

यो खोपले रोग बढाउने नभई रोगसँग लड्नसक्ने क्षेमता बढाउने भएकाले ढुक्क भएर खोप लगाउन डा. गौतमको आग्रह छ।

सरकारले दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिकका साथै जोखिम समूह विद्यालयका शिक्षक, बैंकका कर्मचारीलगायतलाई खोप लगाउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय