कोरोना जितेका शिक्षकको ‘ब्रेन ह्यामरेज’ ले मृत्यु

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन १८ गते ११:३६

कोरोना जितेका मेचीनगरका एक शिक्षकको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका-२ को मेची जनसाधारण माविमा कार्यरत शिक्षक डालिमरोशन कश्यप रहेका विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईँले  जानकारी दिए।

कोरोना संक्रमण भएर उपचारका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएका उनी केही दिनअघि कोरोनामुक्त भएका थिए। स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियूमा राखिएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रअ गुरागाईँले बताए।

कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको  स्वास्थ्य  बिग्रदै गएका कारण आइसियूमा राखेर उपचार गरिएको थियो। एक महिना अघिदेखि ज्वरोले थलिएका ३५ वर्षीय शिक्षक डालिम झापा शिवसताक्षी नगरपालिका-७ का बासिन्दा हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय