सुरक्षाको प्रत्याभूतिपछि प्युठानका चिकित्सक काममा फर्किए

प्युठान अस्पतालका चिकित्सक काममा फर्किएका छन्। जिल्लाको झिमरुक गाउँपालिका- ७ निवासी २४ वर्षीय अनिसा एमजीको उपचारपछि रेफर गरिएको अवस्थामा आइतबार बिहान बिरामीको बाटैमा मृत्यु भएको थियो।

अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त आन्दोलित बनेका थिए। स्थानीयले दुर्व्यवहार गरेको र असुरक्षा महशुस भएको भन्दै आन्दोलित बनेका स्वास्थ्यकर्मी सोमबार सरोकारवालाहरूसँगको बैंठकपछि काममा फर्किएका छन्।

अस्पतालका स्वास्थ्यकर्मीले आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै आकस्मिक बाहेक सेवा ठप्प पारेका थिए।

सबै जिम्मेवार निकायले कर्मचारीको सुरक्षा गर्न नसकेकाले आत्मालोचना गर्दै लिखित माफि माग्नु पर्ने र भविश्यमा यस्ता घटना नदोहरिने लिखित प्रतिवद्धता जनाउनुपर्ने मागसहित स्वास्थ्यकर्मी आन्दोलित थिए।

अस्पतालका सूचना अधिकारी खिम पार्देले अस्पताल बिकास समितिका अध्यक्ष केशवराज आचार्य, मेयर अर्जुनकुमार कक्षपति, एनएसआई प्रतिनिधि डा. कासिम शाह र चिकित्सकबीच चिकित्सका माग पुरा गर्ने सहमति भएको थियो।

सहमति पश्चात सोमबार बेलुकी ४ बजेबाट नै स्वास्थ्यकर्मी काममा फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय