स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किँदै बाबुराम भट्टराई

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन १८ गते १०:०५

स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई आज स्वदेश फर्किने भएका छन्। भट्टराई आज नेपाल वायु सेवा निगमको विमानबाट नेपाल फर्किन लागेका हुन्।

चेकजाँचका क्रममा भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरुले निष्कर्ष निकालेका थिए।

नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भएको परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको भट्टराईले बताएका थिए। उनको बायोप्सी, इन्डोक्राइन अल्ट्रासाउण्ड, पेट सिटी स्क्यानलगायतका परीक्षण गरिएको थियो।

ट्युमरलाई भने दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्। बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा हुनसक्ने चिकित्सकहरुले सचेत गराएका उनले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय