फेरिँदो मौसममा पेटमा ग्यास भरिने समस्याबाट कसरी छुट्कारा पाउने?

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन १८ गते ७:२२

पेटमा ग्यास भरिनु सामान्य कुरा हो। यो समस्या जोसुकै व्यक्तिलाई जुनसुकै बेला पनि हुनसक्छ।

ग्यास भरिनुका थुप्रै कारण हुनसक्छन्। चिसो जाने र गर्मी आउने मौसममा खानपानमा परिवर्तन हुनसक्छ। जसकारण एसिडिटी बन्ने जोखिम हुन्छ।

औषधी सेवन गर्नुभन्दा घरेलु औषधी सेवन गरेर यस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ।

काक्रोको सेवन स्वास्थ्यका लागि दाभदायक हुन्छ। बिहान काक्रा खाँदा दिनभर हाम्रो पेटमा चिसो बनिरहन्छ। काक्रोमा पानीको मात्रा धेरै हुन्छ। जसले गर्दा शरीरमा पानीको कमी हुँदैन।

यसरी काक्रोको सेवन गर्दा पेटमा एसिडिटी बन्न पाउँदैन। र, पेट सफा रहन्छ। तर, खाली पेट काक्रोको सेवन गर्नु हुँदैन। खाली पेट काक्रो खाँदा बान्ता हुने, आत्तिने हुनसक्छ।

नारिवल पानी पिउँदा पनि स्वास्थ्यलाई निकै दाभ पुग्छ। गर्मी मौसममा चिया, कफीले पेटमा ग्यास बढाउँछन्। यस्ता व्यक्तिले चिया, कपीको सेवन बन्द गरेर नारिवल पानी पिउनुपर्छ।

प्रत्यकदिन बिहान नारिवल पानी पिउँदा शरीरलाई हानि पर्याउने बेकार चिज बाहिर निस्किन्छन्। र, दिसा गर्दा पनि सहज हुन्छ। कब्जिएत हुने जोखिम कम हुन्छ।

यस्तै दूध-पानी पिउँदा पनि पेटलाई फाइदा पुग्छ। दूधमा पानी मिलाएर पिउँदा पेटका लागि निकै फाइदा पुग्छ। यसले पेटमा ग्यास बन्नबाट जोगाउँछ।

यसका साथै दूधको सेवनले हड्डि पनि बलियो हुन्छ। चिसो दूध पिउँदा पेटको तापक्रम सामान्य रहन्छ। र, पेट खाली रहदैन। जसले ग्यास बन्नबाट जोगाउँछ।

ग्यास पैदा हुने समस्यालाई नियन्त्रण गर्न केराले महत्वपूर्ण भूमिका खेल्छ। पेटमा ग्यास भरिने समस्या बढेको समयमा केरोको सेवन गर्नुपर्छ।

केरामा पोषक तत्व अधिक पाइन्छ। यसले एसिड रिफ्लेक्सको समस्या कम गर्छ। केराको नियमित सेवनले ग्यास जम्मा हुने समस्याबाट बिस्तारै राहात पाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय